काठमाण्डौ,१४ माघ । लुम्बिनी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारी साधन प्रयोग गर्न पाइने भएको छ । लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग तथा यातायात् व्यवस्थामन्त्री रोज राणाले सवारी चालक ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन ।
मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिएका हुन् । बुधबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा मन्त्री राणाले सचिव उमेश ढुंगाना, यातायात कार्यालयका प्रमुखहरुलाई ट्रायलका क्रममा परीक्षार्थीलाई स्वेच्छाले सवारी साधन प्रयोग गर्न निर्देशन दिएका हुन् ।
यसअघि शुःल्क लिएर ट्रायल सेन्टरमा ट्रायल सेन्टरकै सवारी साधन अनिर्वाय प्रयोग गर्नुपर्ने व्यवस्था छ । सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने भन्दै त्यो व्यवस्था तत्काल हटाउन मन्त्री राणाले निर्देशन दिए ।
राज्यले सेवाग्राहीलाई दिने सुविधा सहज हुनुपर्ने उनको भनाइ थियो । राणाले छिटो र सहज तरिकाले चालक अनमुति पत्र दिन पनि कर्मचारीलाई निर्देशन दिए । यस्तै उनले प्रदेशभित्र मापदण्ड नपुगेका ट्रायल सेन्टरमा अनुगमन गरेर बन्द गराउन पनि निर्देशन दिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution