काठमाण्डौ, १६ माघ । सेटिङमार्फत भिजिट भिसामा जानेलाई सहजीकरण गर्न त्रिवि अध्यागमन कार्यालयमा कर्मचारीको छुट्टै टीम (समिति) रहेको पाइएको प्रहरीले बताएको छ। सो कार्यमा संलग्न आरोपमा पक्राउ परेका र फरारहरूविरुद्ध मुद्दा दायरको तयारी भइरहेको छ ।
अध्यागमन अधिकृत नरवीर खड्काले बयानको क्रममा भिजिट भिसामा पठाएबापत प्राप्त हुने रकम त्यो टीममा रहेकाले बाँडेर लिने गरेको कागज गरेका छन्।उनले त्यो टीममा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल, सुजन फागोलगायत रहेको बताएका छन् ।
खड्काका अनुसार सेटिङमा जाने मान्छे खोज्ने जिम्मा एन्ड होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादवलगायतले लिएको र उनीहरूले नै पैसा उठाएर बुझाउने गरेका थिए। पुरुषको १० देखि १५ हजार र महिलाको ४० देखि ५० हजार रूपैयाँसम्म लिने गरेको पनि उनले बताएका छन्।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ७ जना अध्यागमन अधिकृतसहित २२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्दैछ। प्रतिवादी बनाइएका सबै अधिकृत फरार छन्।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution