

च्यासल, काठमाडौं —
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सोमबारदेखि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ। बैठक भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीसँग सम्बन्धित छ। तर, पार्टीले बैठकस्थलमा सञ्चारकर्मीहरूको प्रवेशमा कडाइ गरेको छ।
सञ्चारकर्मीलाई हलबाहिर जानसमेत अनुमति नदिई सडक पर्खालमा टाँसिएको सूचना मार्फत उभिने ‘स्थान’ तोकिएको छ। सुरक्षाका कारण देखाउँदै एमालेले केन्द्रीय सदस्यबाहेक सबैलाई कार्यालय परिसरबाहिरै रोकेको हो।
पत्रकार सडकमै, धुलोमै खबर संकलन
फोटो पत्रकारदेखि टेलिभिजनका रिपोर्टरसम्म सडकको किनारमै उभिएर समाचार संकलनमा जुटेका छन्। केही सञ्चारकर्मी धुलोमा बसेर काम गरिरहेका दृश्यहरूले एमाले नेतृत्वको प्रेसप्रति दृष्टिकोणप्रति प्रश्न उठाएका छन्।
विद्यादेवी भण्डारी प्रकरणको असर?
गत आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी बाहिरिने क्रममा सञ्चारकर्मीबीचको अव्यवस्थित भिडभाडले उनी नै असहज बनेकी थिइन्।
उनले बोल्न खोजेपनि ‘तँछाड मछाड’ र हो-हल्लाका कारण संवाद अधुरो भएको थियो।
सोही घटनाबाट प्रभावित भएर एमालेले सोमबारको बैठकमा कडा प्रवेश नीति लागू गरेको बताइएको छ।
भूतपूर्व पहुँच, अहिले प्रतिबन्ध
सामान्य अवस्थामा बैठक हलबाहिरसम्म सञ्चारकर्मीलाई जान दिने गरिँदै आएको थियो। तर, यो पटक भने पत्रकारलाई प्रवेश निषेध गर्दै च्यासल चोकदेखि नै रोकिएको छ।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution