

काठमाडौं, साउन ९ – हामी धेरैजसो कामको सुरुवात गर्दा शुभ दिन, नक्षत्र वा बार हेर्ने परम्परामा विश्वास गर्छौं। हिन्दू धर्म तथा ज्योतिष शास्त्र अनुसार ग्रह-नक्षत्रको प्रभावले मानिसको जीवनमा सकारात्मक वा नकारात्मक असर पार्न सक्छ। त्यसैले कुन दिन कुन काम उपयुक्त हुन्छ भन्ने कुरामा सचेत हुन आवश्यक छ।
विशेषगरी शुक्रबारलाई लक्ष्मी माता, प्रेम, शृंगार र समृद्धिसँग जोडिएको शुभ दिन मानिन्छ। यो दिन विशिष्ट कार्यहरूका लागि अत्यन्तै फलदायी मानिन्छ।
शुक्रबार कुन–कुन काम गर्दा सफलता मिल्छ?
ज्योतिष शास्त्रका अनुसार शुक्रबार निम्न कामहरूका लागि अति उत्तम दिन मानिन्छ:
🔸 गायन र संगीत — शुक्रबार कला, गायन र नृत्यसँग सम्बन्धित काम सुरु गर्न अनुकूल हुन्छ।
🔸 रत्न र अलंकार किनमेल — हिरा, सुनचाँदी, मणि–रत्न किनबेच गर्न यो दिन शुभ मानिन्छ।
🔸 सुगन्ध र वस्त्रको व्यापार — इत्र, धूप, वस्त्र तथा श्रृंगार सामग्रीको व्यापार सुरु गर्न अनुकूल समय।
🔸 व्यापार–व्यवसायको सुरुवात — नयाँ व्यवसाय वा बाणिज्यको थालनी शुक्रवार गर्नाले धनलाभको सम्भावना रहन्छ।
🔸 गाईबस्तु खरिद–बिक्री — पशुपालनसँग सम्बन्धित क्रियाकलाप यो दिन आरम्भ गर्न सकिन्छ।
🔸 कृषि कार्य — खेतीपाती, बिउ छर्ने वा कृषि योजनाको सुरुवात गर्न शुक्रवार अत्यन्त शुभ।
🔸 धन सञ्चय र लगानी — रकम भण्डारण, बैंक खाता खोल्ने वा भविष्यका लागि लगानी गर्न उपयुक्त।
शुक्रबारको शुभता बढाउन यस्ता गर्नुहोस् उपायहरू
▪️ बिहान स्नान गरेर स्वच्छ वस्त्र धारण गर्नुहोस्।
▪️ लक्ष्मी माता वा विष्णु भगवानको पूजा गर्नुहोस्।
▪️ ‘ऊँ श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नमः’ मन्त्रको कम्तिमा ११ माला जप गर्नु लाभदायक मानिन्छ।
▪️ सम्भव भएसम्म शुक्रवारी व्रत बस्न सकिन्छ।
यदि तपाईं नयाँ योजना, लगानी, व्यापार वा व्यक्तिगत काम सुरु गर्न सोच्दै हुनुहुन्छ भने शुक्रवारको दिन तपाईका लागि एकदमै शुभ हुन सक्छ। ज्योतिष शास्त्रका अनुसार यो दिनले सफलता, सन्तुलन र समृद्धिको मार्ग खोल्ने विश्वास गरिन्छ।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution