

काठमाडौँ, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोष सभा आयोजना गरिने जानकारी दिएका छन् । बिहीबार सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्त्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन शाह पहिलोपटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने बताए ।
प्रवक्ता झाले भने, ‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोष सभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलोपटक संयुक्त रूपमा एउटै राजनीतिक सभामा सार्वजनिक हुनेछन् ।’
उनले कार्यक्रम पार्टीका लागि मात्रै नभई समग्र नेपाली राजनीतिका लागि पनि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको बताए । काठमाडौँ महानगरपालिकाका मेयर बालेन निकट सस्मित पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बिहीबार आयोजित विशेष कार्यक्रममा पोखरेलले औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन् ।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution