काठमाडौं,१९ असार । बैंकहरूमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा तान्ने अर्थात् ‘रिभर्स रिपो’ जारी गरेको छ । ऋण माग्नेहरू नभएपछि अहिले बैंकहरूमा ४० अर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । यसरी बैंकमा रकम थुप्रिन थालेपछि राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरेर पैसा जम्मा गर्न लागेको हो ।
आज राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकबाट तान्नका लागि रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकमा पैसा राख्नका लागि बैंक तथा वित्तीय संस्थाले अहिले ३ बजेसम्म बोलकबोल गर्ने समय पाएका छन् । यो आर्थिक वर्षमा राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको आज चौथो पटक हो ।
यसअघि यही असार ७ गते १० अर्ब रुपैयाँको, १० गते २० अर्ब रुपैयाँको र गएको चैतमा पाँच अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । पैसा थुप्रिन थालेपछि अहिले बैंकहरूले धमाधम ग्राहक खोजिरहेका छन् । केही बैंकले त ठूला उद्योगीलाई फोन नै गरेर ऋण लैजान आग्रह गरेका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution