काठमाडौँ, ३० असोज । दशैं सुरु भए लगत्तै १ लाख ७६ हजार सर्वसाधारण काठमाण्डौबाट बाहिरिए, कति टिकट नपाएर मर्कामा । हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमी (दशैँ) को आज तेश्रो दिन । नवरात्री सुरु भएसँगै काठमाडौं उपत्यकाका व्यापारीक क्षेत्रहरुमा किनमेल गर्नेको भीड लागेको छ ।
असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा, गोंगबु, कलंकी, कालीमाटी, बल्खु लगायत क्षेत्रमा किनमेल गर्ने सर्वसाधरणको भीड लागेको छ । यहीबीचमा पूर्खौली थलोमा दशैँ मान्न जाने सर्वसाधरणहरु काठमाडौं छाडेर जाने संख्या पनि बढ्दो छ ।
विशेषगरी उपत्यकाबाहिर जाने चार वटा नाका छन् । कलंकी – नागढुंगा सडकखण्ड, बल्खु–फर्पिङ सडक खण्ड, बालाजुको वाईपास रोड र भक्तपुर– जगते नाकाबाट घटस्थापनाको दिन देखि मंगलबार बिहानसम्म डेढ लाख भन्दाबढी सर्वसाधरणले उपत्यका छाडिसकेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार घटस्थापनाको दिन ५१ हजार जना उपत्यकाबाट बाहिरिएका थिए । त्यसैगरी सोमबार ५१ हजार तीन सय ३८ र पछिल्लो २४ घण्टामा ७३ हजार ८ सय ९६ जना सर्वसाधरण उपत्यकाबाट बाहिरिएको जानकारी एसएसपी भट्टले दिए ।
उनका अनुसार उपत्यका बाहिरिनेको संख्या अझै बढ्ने छ । भट्टले भने,‘ कति जना टिकट बुकिङ गरेर गएका छन्, कति नीजि सवारीसाधनमा गएका छन्, अहिलेसम्म डेढ लाख बढी उपत्यकाबाट बाहिरिएको हाम्रो तथ्यांक छ ।’
ट्राफिक कार्यालयका अनुसार असोज २९ सम्म टिकट अग्रिम बुकिङ ८६ हजार ६ सय जनाले गरेका छन् । गत वर्ष १० लाख सर्वसाधरण दशैँ मान्न उपत्यका बाहिरिएका थिए । यो वर्ष भने करिब १५ लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिने अनुमान ट्राफिक कार्यालयको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution