काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधन भएको छ । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो ।
प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले नेपाल प्रेससँग बताए ।
तामाङकी पत्नी काम विशेषले घरबाहिर थिइन् । उनले २ घण्टासम्म लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि रोविनकी दिदीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन् ।
दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउँदा पनि ढोका नखोलेपछि दिदीले प्रहरीलाई खबर गरेकी थिइन् । ‘प्रहरी घरमा पुगेर ढोका खोलेर हेर्दा खाटको बायाँतर्फ उहाँ घोप्टो परेर लडिरहनु भएको थियो’, चन्दले बताए ।
प्रहरीले घटनास्थलमा निरीक्षण गर्दा वरिपरि कुनै सुसाइड नोट भेटिएन। झट्ट हेर्दा हृदयघात वा मस्तिष्क घात भएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ । तामाङको मृत्युबारे उनकै आधिकारिक फेसबुक पेजबाट जानकारी सार्वजनिक भएको थियो । स्रोतका अनुसार उनकी पत्नीले नै सो पोस्ट गरेकी हुन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution