काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार एसईई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।। बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ बमोजिम नै नतिजा सार्वजनिक गरेको हो। २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो। त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन भएको थियो ।
संशोधनअनुसार यसपटक साविककै प्रावधानबमोजिम नतिजा सार्वजनिक निकालिएको हो । न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसईईदेखि मात्र कार्यान्वयनमा ल्याइने भएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution