काठमाण्डौ २५ साउन । इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाए । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् ।
एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको खबरमा उल्लेख छ ।
अवैध आप्रवासीका लागि प्रमुख ‘ट्रान्जिट’ मानिने ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर इटालीको लाम्पेडुसा टापुबाट एक सय ३० किलोमिटर टाढा रहेको छ ।
यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक हजार आठ सय जनाभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पछिल्ला दिनहरूमा इटालियन तट रक्षक र सामाजिक संस्थाहरूले लाम्पेडुसा पुगेका दुई हजार जना मानिसको ज्यान बचाएका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution