काठमाडौँ,३ आश्विन ।। यौन दुराचारी फुटबल प्रशिक्षक बेरी बन्नेलको कारागारभित्रै निधन भएको छ । उनी ६९ वर्षका थिए । रिचर्ड जोन्सको नामले परिचित उनलाई १२ जना बालकलाई यौन दुराचार गरेको आरोप लागेको थियो ।
बेरीमाथि लागेको आरोप पुष्टि भएपछि न्यायालयले सन् २०१८ मा उनलाई ३० वर्षको कारागार सजाय सुनाएको थियो । उनीमाथि यौन दुराचारको ५० वटा मुद्दा दायर गरिएको थियो । त्यसमध्ये अधिकांशमा उनी दोषी ठहर भएका थिए ।
बेलायतको म्यानचेस्टरमा जन्मिएका उनी क्रु एलेक्जेन्डरका पूर्व प्रशिक्षक थिए । उनी केही समयका लागि म्यानचेस्टर सिटीसँग पनि जोडिएका थिए । उनी सन् १९७० देखि सन् १९९० को दशकमा शृङ्खलाबद्ध रूपमा बाल यौन दुराचारको घटनामा संलग्न भएका थिए ।
बेलायतको कानुन मन्त्रालयले पनि बेरीको निधन भएको समाचारको पुष्टि गरेको छ । उनी जिब्रोको क्यान्सरबाट पीडित थिए । दुई पटक उनको जिब्रोको शल्यक्रिया पनि गरिएको थियो । क्यान्सर रोगकै कारण उनको निधन भएको अनुमान गरिएको छ । तर, मृत्युको कारण आधिकारिक रूपमा भने खुलाइएको छैन ।
लिगभरपुलस्थित क्राउन कोर्टले सन् २०१८ मा उनलाई ३० वर्ष कारावासको सजाय सुनाएको थियो । त्यतिबेला उनलाई कारावासको सजाय सुनाउँदै न्यायाधीश क्लेमेन्ट गोल्डस्टोनले भनेका थिए, ‘कारागारमै उनको मृत्यु भए अझ राम्रो हुनेछ ।’ न्यायाधीशले उनलाई ‘सैतानको अवतार’ भनेर पनि सम्बोधन गरेका थिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution