बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनयको माध्यमबाट बलिउडदेखि हलिउडसम्म स्थान बनाएकी छन् । आज पनि उनी विश्वकै उत्कृष्ट अभिनेत्रीमा पर्छिन् । आफ्नो जिन्दगीमा यो सफलता बाबजुद पनि प्रियंका छोरी मालतीका लागि करियरसँगै देश पनि छोड्न तयार छिन् ।
उनले एक अन्तरवार्तामा आफ्ना लागि आमाबुवाले त्याग गरेको सम्झँदै आफू पनि छोरीका लागि सबै कुरा त्याग गर्न तयार रहेको खुलासा गरेकी छन् ।‘मेरा लागि मेरो करियर अत्यावश्यक छ । मैले यहाँसम्म पुग्नका लागि धेरै मेहनत गरेकी छु ।
मैले कहिल्यै पनि सोचिनँ कि कुनै समय मैले करियर नै छोड्नुपर्छ । अब म ४० वर्षकी भएँ । म यो अवस्थामा मेरो छोरीका लागि करियर र देश छोड्न तयार छु’, प्रियंकाले भनेकी छन् । उनले आफ्ना लागि आमाबाबुले सबै कुराको त्याग गर्नु आफूहरुका लागि भाग्यको कुरा भएको दाबी गरेकी छन् ।
‘तर समाजमा यस्ता पनि आमाबाबु छन्, जो आफ्नो सन्तानका लागि केही गर्न सक्दैनन् । आज पनि समाज दबाबमा छ । यसकारण मलाई लाग्छ कि हामीले सन्तानसँग कुराकानी गर्न आवश्यक छ’, उनी भन्छिन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution