म पाटनमा हस्तकला व्यवसाय गर्छु । व्यवसायका क्रममा प्राय: यात्रा गरिरहनु पर्छ । त्यसैले विद्युतीय मोटरसाइकल किन्न खोजिरहेका थिएँ । बजारमा उपलब्ध सुपर सोको, यात्री लगायतका थुप्रै ब्रान्डका बाइक हेरेँ । सिङ्गल ब्याट्री, कम मूल्य आदिले मलाई कोमाकी रेञ्जर मन पर्यो । त्यसपछि यो बाइक किनें । छुटको समयमा किन्दा मलाई ४ लाख २० हजार रुपैयाँ परेको थियोकिनेको चार महिना बढी भएको छ । तर मैले छ हजार किलोमिटर भन्दा धेरै गुडाइ सकें । यसबीचमा मलाई यो बाइकले निकै नराम्रो अनुभव पनि दियो ।
बाइक किनेको दुई महिना पछि नै ब्याट्रीमा समस्या आयो । मैले कम्पनीलाई त्यसको जानकारी दिएँ । तर सो मोडलको ब्याट्री नभएपछि कम्पनीले अर्कै ब्याट्री राखिदियो त्यसले ९० किमि रेञ्ज दिने कम्पनीले बताएको थियो । तर त्यो कम एम्पिएरको ब्याट्री थियो । बाइकको उक्त समस्या टरेपछि आफ्नो गाउँ त्रिलेश्वर (नुवाकोट) जाँदा त्यही ब्याट्रीका कारण दु:ख पाएँ । कम्पनीले भने जति (९० किमि) रेञ्ज दिन्छ होला भनेर म पाटनबाट यात्रामा निस्केको थिएँ ।
पाटनबाट गाउँ जाँदा कुनै समस्या भएन । तर आउँदा भने दुई घण्टाको बाटोमा छ घण्टा लाग्यो । खासमा घर (पाटन) बाट गाउँको दूरी ८३ किलोमिटर मात्र छ । तर नयाँ राखेको ब्याट्रीले जम्मा ६० किलोमिटर मात्र गुडायो । त्यसैले नौबिसेमा अड्केँ । त्यहाँ बाइक चार्ज गर्न खोजें । तर त्यहाँका पसलेहरूले चार्ज नै गर्न दिएनन् । त्यसपछि त्यस्तो उकालो बाटोमा दुई घण्टा बाइक धकेल्नु पर्यो । अलि पर पुगेर चार्जिङ स्टेसनमा चार्ज गरेँ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution