काठमाडौँ,२४ जेठ । सुनकोसी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी र दुई जनाको शव भेटिएको छ । शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई जनाको शव मंगलबार साँझ भेटिएको हो ।
एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवको पहिचान भने हुन सकेको छैन । सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएको जनाइएको छ । नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो । काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा१झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।
दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका-९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका-५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution