

ओलीको कडा टिप्पणी : “७० वर्षे भनेर नछोड! म त अझै ५० वर्षे युवाजस्तै खटिरहेको छु”
सिवि नेपाल खबर | काठमाडौं — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उमेरका आधारमा नेताहरूलाई जबरजस्ती विश्राममा पठाउने सोचप्रति कडा आपत्ति जनाएका छन्। उनले उमेर मात्र हेरेर नेताहरूको सक्रियता र योगदानको मूल्याङ्कन गर्नु अनुचित हुने बताएका छन्।
शनिबार आयोजित कार्यक्रममा ओलीले भने,
“७० वर्ष पुगेका नेताहरूले आफूले चाहे विश्राम लिन सक्छन्, तर जबरजस्ती कसैलाई ‘अब तिमी छोड’ भन्नु गलत हो।”
ओलीले आफू हालसम्म पनि ५० वर्षे युवाजस्तै सक्रिय भएर खटिएको दाबी गर्दै, उमेरको हिसाब गर्दा पनि आफूले जेलमा बिताएका १४ वर्ष घटाएर हेर्नुपर्ने तर्क प्रस्तुत गरे।
उनका शब्दमा:
“यदि उमेरको हिसाब गरेर मलाई ७० पार भयो भनिन्छ भने मैले जेलमा बिताएका १४ वर्ष त घटाउनुपर्छ नि। त्यो समय त म देशका लागि लडिरहेको थिएँ, काम गर्न पाएको थिएन।”
नेता ओलीको यस्तो भनाइसँगै नेकपा एमालेभित्रको नेतृत्व पुस्ता हस्तान्तरणको बहस पुनः चुलिन सक्ने देखिएको छ। उनले अनुभव, योगदान र सक्रियतालाई उमेरको संकुचित तराजुमा तौलिनु गलत रहेको स्पष्ट संकेत दिएका छन्।
पृष्ठभूमि:
हालैका दिनहरूमा एमालेभित्र पनि नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई अगाडि ल्याउने बहस चलिरहेको छ। यद्यपि अध्यक्ष ओली बारम्बार आफ्नो सक्रियता, योगदान र अनुभवलाई जोड दिँदै आएका छन्।
सन्देशः सत्य बोल्ने आँट नै हो ‘साहस’ — हामी जनताको आवाज बोलीरहेका छौं!
समाचार लेखक रोशन श्रेष्ठ







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution