

हरेक मान्छेले थाहा पाउनैपर्ने कुरा
हामी दिनभर के गर्दैछौं? किन गर्दैछौं? कसका लागि गर्दैछौं?
यी प्रश्नहरू हामी सबैको लागि महत्त्वपूर्ण छन्। जीवनमा सफल हुन चाहने हरेक व्यक्तिले यी प्रश्नहरूसँग गहिरो सम्बन्ध राख्नुपर्छ। हाम्रो हरेक कर्मको उद्देश्य स्पष्ट हुनु आवश्यक छ।
सफलता सुन्दर शब्द हो, तर त्यसको पर्खाल बनाउने ईँट हो—लक्ष्य।
साफ लक्ष्य बिना सफलता सम्भव छैन। लक्ष्य बनाउनुहोस्, अनि त्यसलाई प्राप्त गर्नका लागि समर्पण, लगनशीलता र निरन्तर मिहिनेत गर्नुहोस्।
खप्तड स्वामी भन्छन्:
“आत्मविश्वास, लगनशीलता र निरन्तर प्रयास नै सफलताको मूल सूत्र हो।”
सफलता भाग्य होइन, श्रमको फल हो।
बलिउड अभिनेता आमिर खान भन्छन्:
“श्रम नै हरेक समस्याको समाधान हो।”
श्रम नगरी भाग्यमै भर पर्ने बानीले हामीलाई पछि पार्छ।
हाम्रा पूर्खाले भनिराखेका छन्:
“भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर हुँदैन।”
एक पेय पदार्थको विज्ञापनमा भनिएको छ:
“डर के आगे जीत है।”
डरलाई जित्न सकियो भने, हरेक असम्भव काम पनि सम्भव बन्नेछ। डरले हाम्रो आत्मबललाई कमजोर बनाउँछ। त्यसैले:
बाहाना बनाउने बानी हामीलाई सधैं पछाडि धकेल्छ।
सफलता चाहिने हो भने बाहानाको बुट्टा काटौं।
साँचो परिवर्तनको सुरुवात हामी आफैबाट हुन्छ।
सर्वज्ञाता बन्ने होइन, सधैं सिक्ने बन्नुहोस्।
स्टिफन हकिङ्ग भन्छन्:
“म केवल एक बालक हुँ, जसले सधैं प्रश्न गर्छ—किन? कसरी?”
हामीलाई पनि बालकझैं जिज्ञासु हुनुपर्छ।
सफलता सजिलो छैन, तर असम्भव पनि होइन।
सपना देख्न नछाडौं, तर सपना साकार पार्न निरन्तर हिम्मत गरौं।
किनभने सफलता सधैं तिनैको कदम चुम्छ, जो निरन्तर अघि बढिरहन्छन्।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution