काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संघीय निर्वाचन (विक्रम संवत २०८४) मा आफ्नो पार्टीलाई बहुमत प्राप्त हुने स्पष्ट दाबी गरेका छन्।
सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकता र सङ्गठिततामार्फत देशभर व्यापक जनसमर्थन बटुल्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘पार्टीमा एकताबद्ध र एकढिक्का भएर अघि बढ्ने हो भने २०८४ मा हामीलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन, छेक्न सक्दैन।’
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओलीले विगतमा आफूविनाको एमाले र एमाले विनाको नेपाल सम्भव छ भन्ने भनाइहरुलाई अब अर्थहीन प्रमाणित भएको उल्लेख गरे।
‘हामीले सुनेकै हो, केहीले भनेका थिए— ओलीबिनाको एमाले बनाउँछौँ, एमाले विनाको नेपाल बनाउँछौँ। तर आज पनि हामी सरकारको नेतृत्वमै छौँ। अहिले १३ महिना भइसकेको छ, सरकार सञ्चालनको,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले बताए।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति आगामी निर्वाचनका सन्दर्भमा एमालेभित्रको रणनीति र मनोबलबारे स्पष्ट सन्देश दिन खोजिएको टिप्पणी गरिन्छ। साथै उनले पार्टीमा एकता बलियो बनाइ देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।
हजुर कता?
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ? ❤️
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution