

काठमाडौं — अभिनेत्री रेखा थापाले साउन महिनालाई आत्मा र हृदय शुद्ध पार्ने अवसरको रूपमा लिनुपर्ने बताएकी छन्। साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा आयोजित “पशुपति मनोकामना पूर्ति तथा संकट मोचन महायज्ञ” मा सहभागी हुँदै उनले साउन महिनाको आध्यात्मिक महत्त्वबारे विचार राखेकी हुन्।
सामाजिक सञ्जालमा देखिने ग्ल्यामर र अभिनयभन्दा पर गएर रेखाले पशुपतिनाथ मन्दिरमा आध्यात्मिक प्रवचन दिँदै भनिन्, “साउन महिना हाम्रो मन र आत्मा चिन्ने मौका हो। हामीले आफूलाई रूपान्तरण गर्ने र हृदय पखाल्ने विशेष समय हो यो।”

उनले साउन महिनालाई धार्मिक आँखाबाट मात्र नभई जीवन परिमार्जन गर्ने मौसमको रूपमा समेत लिनुपर्नेमा जोड दिइन्। “उपासना, आराधना र साधना हाम्रो हृदयमा रुपान्तरण गर्न जरुरी छ। आराध्यदेव शिवको उपासनाले मन, मस्तिष्क र हृदय शुद्ध हुन्छ,” रेखाले भनिन्।
महायज्ञमा सहभागी भएकी रेखालाई आयोजक पक्षले पुष्प वर्षा गर्दै सम्मानसमेत गरेको थियो। केही दिनयता विभिन्न कलाकारहरू उक्त महायज्ञमा सहभागी भइरहेका छन्। आइतबार मात्र वरिष्ठ अभिनेता सरोज खनाल पनि महायज्ञमा पुगेका थिए।
रेखाले शुद्ध शाकाहारी भोजनको महत्त्वसमेत उल्लेख गर्दै भनिन्, “भोजनले विचार उत्पादन गर्छ। यसैले साउनमा शुद्ध शाकाहारी भोजन गर्नुपर्छ भनिएको हो।” साउनको धार्मिक अभ्याससँगै यो समय आत्मचिन्तन र आत्मशुद्धिको अवसर पनि भएको उनले बताइन्।
उनका अनुसार साउन महिना गहना र सुन्दर वस्त्रको सजावट मात्र नभई, “मानव जीवनमा भएका त्रुटी, कमजोरी र पापको आत्ममूल्याङ्कन गर्ने समय पनि हो।”

अभिनेत्री रेखा थापा एक दशकभन्दा बढी समयदेखि नेपाली सिनेक्षेत्रमा सक्रिय छन्। पछिल्ला वर्षहरूमा उनी सामाजिक तथा आध्यात्मिक गतिविधिमा समेत सक्रिय देखिन्छिन्। पशुपतिनाथ मन्दिरमा उनको उपस्थिति र मन्तव्यले भक्तजनहरूमा आध्यात्मिक ऊर्जाको संचार गराएको महायज्ञ आयोजकको भनाइ छ।
हजुर कता?
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ? ❤️
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् ! 🎬🎶
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर! 💫
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution