१ भदौ, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले गत वर्ष इजरायलमा आक्रमणपछि नियन्त्रणमा लिएर बेपत्ता पारेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनको परिवारले इजरायलमै भावुक अपिल गरेका छन् ।
इजरायलस्थित नेपाली दूतावासको पहलमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आइतबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा आमा पद्माले छोराको शीघ्र र सुरक्षित रिहाइका लागि इजरायली सरकारलाई सक्दो पहल गर्न आग्रह गरिन् । भावुक मुद्रामा आमा पद्माले भनिन्, “मेरो छोरा निर्दोष छ, कृपया उसलाई तुरुन्त मुक्त गरिदिन सहयोग गर्नुहोस्।”
त्यस्तै, बहिनी पुष्पाले पनि आफ्नो दाइ विद्यार्थीका रुपमा मात्र इजरायल गएको र कुनै पनि गलत कार्यमा संलग्न नभएको बताउँदै हमासको बन्धनबाट मुक्ति दिलाउन अनुरोध गरिन् ।
नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि भेटमा सहभागी थिए । उनले जोशीको अवस्थाबारे निरन्तर चासो राखिरहेको बताउँदै, इजरायली राष्ट्रपतिलाई सक्दो चाँडो ठोस कदम चाल्न आग्रह गरेका थिए ।
राष्ट्रपति हर्जोगले विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइका लागि प्रयास भइरहेको जनाउँदै परिवारलाई आश्वस्त पारेका छन् ।
यसअघि, विपिनको रिहाइको माग गर्दै तेलअभिभमा नेपाली समुदायले शनिबार साँझ प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनमा जोशीकी आमा र बहिनी समेत उपस्थित भएर प्लेकार्ड बोकेर आवाज उठाएका थिए ।
नेपाली समुदायका सदस्यहरूले झण्डा, ब्यानर र नारासहित प्रदर्शन गरेका थिए । सो क्रममा “Free Bipin Joshi” लेखिएका पोस्टरहरू प्रदर्शन स्थलभर देखिएका थिए ।
नेपालमा मात्र नभई इजरायलमा रहेका नेपालीहरूले पनि विपिनको सुरक्षित फर्काइका लागि दबाब र समर्थन जुटाइरहेका छन् ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution