काठमाडौँ, ५ भदौ ।
हरितालिका तीजको पूर्वसन्ध्यामा दर खाने परम्परालाई नयाँ रूप दिँदै राष्ट्रिय योजना आयोगले दर कार्यक्रमलाई रचनात्मक ढंगले मनाएको छ।
महिला दिदीबहिनीहरूलाई दर खुवाउँदै आयोगले महिनावारी तथा रजनोवृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गर्यो। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले महिलाले महिनावारी हुँदाका साथै रजनोवृति पश्चात् भोग्ने समस्या र समाधानबारे प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी प्रमुख अतिथि रहनुभयो। उहाँले पर्वहरूलाई रचनात्मक ढंगले मनाउँदा सामाजिक–सांस्कृतिक संरक्षण मात्र नभई समाजमा सकारात्मक सन्देश फैलिने बताउनुभयो। साथै, महिला दिदीबहिनीहरूको सक्रियता र योगदानप्रति खुशी व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै आयोगकी सदस्य गीता अधिकारी पौडेलले “समाजको सचेत नागरिक भएकाले उत्पादन, आयआर्जन र सामाजिक सचेतनासँग जोडेर तीज मनाउनु जरुरी छ” भन्ने धारणा राख्नुभयो।
दर कार्यक्रममा आयोगका महिला–पुरुष कर्मचारीहरू साथै विभिन्न मन्त्रालयका महिला कर्मचारीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।
यसरी रचनात्मक कार्यसँगै जोडिएको दर खाने कार्यक्रम तीजलाई केवल रमाइलोमा सीमित नराखी सचेतना र समाज परिवर्तनतर्फ उन्मुख भएको सन्देश दिएको छ।
रमाईलो र मनोरञ्जन खोज्दै हुनुहुन्छ?
भिडियो, गीत–सङ्गीत र सकारात्मक उर्जाले भरिपूर्ण सामग्री हेर्न चाहनुहुन्छ भने Chiranjivi Bhandari YouTube च्यानल मा आजै जोडिनुहोस् !
मन छुने भिडियोहरू यहीं छन्:
Chiranjivi Bhandari YouTube Channel
सम्पूर्ण समाचार र रमाईलोका लागि:
CB Nepal फेसबुक पेज
रमाईलो कुरा फेसबुक पेज
CBNepal YouTube च्यानल
हामी तपाईंलाई मनोरञ्जनका साथसाथै पलपलको सूचना, समाचार र सामाजिक अपडेटहरू दिने निरन्तर प्रयासमा छौं।
आउनुहोस्, काँधमा काँध मिलाएर हातेमालो गरौँ।
Like, Share, Follow अनि Subscribe गर्न नबिर्सिनु होला है हजुर!
1. Na Jiuna Sake Na Marna Sake – Satya Raj Acharya & Chiranjivi Bhandari
2. Nai Nabhana – New Nepali Dancing Song 2024
3. Timi Sangai Huna – Love Song by Milan Newar & Chiranjivi Bhandari
4. Tum Dil Ki Dhadkan Mein – Unplugged Cover by Chiranjivi Bhandari (2019)
5. Bistarai Bistarai Timi Meri – Melina Rai & Chiranjivi Bhandari
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution