

मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्र बहादुर वानियाँ, स्वास्थ्यमन्त्री माननीय किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ, खानेपानी, उर्जा तथा सिचाइ मन्त्री माननीय कृष्ण कुमार तामाङलाई विशेष बधाई तथा सम्मान कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ।

सोही अवसरमा मेलम्ची नगरपालिकाले खेलकुद, कला र संगीत क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका आफ्नै प्रतिभाहरूलाई पनि सम्मान गरेको छ।
करीना पुरी : नवौँ एशिया गोजुरियो कराँतेमा स्वर्ण पदक विजेता 🥇
गंगा सोनाम : नेपाल आइडल सिजन–६ का प्रतिभाशाली प्रतियोगी

ससांक तामाङ : ८औँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ११ वर्षमै रजत पदक विजेता

कार्यक्रम नगर प्रमुख श्री आइतमान तामाङज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, समाजसेवी, स्थानीयवासी र कर्मचारीहरूको उपस्थितिले कार्यक्रममा विशेष गरिमा थपिएको थियो।

मेलम्ची नगरपालिकाले यस प्रकारका सम्मान र प्रोत्साहन कार्यक्रमहरूले स्थानीय प्रतिभा मात्र होइन, नगरकै गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution