काठमाडौं । २०८२ साल भदौ १६ गते सोमबार, भाद्र शुक्ल पक्षको नवमी तिथि तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख । हिन्दू धर्मशास्त्रअनुसार सोमबारलाई भगवान शिवको विशेष दिन मानिन्छ । यस दिन भगवान शिवलाई समर्पित व्रत बसी पूजाआजा गर्ने परम्परा रहिआएको छ ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार सोमबारको व्रत सूर्योदयसँगै सुरु गरी सूर्यास्तपछि समाप्त गर्ने गरिन्छ । व्रतमा बस्नेहरूले दिनभर शिव–पार्वतीको आराधना गर्ने र बेलुकी आरती सम्पन्न भएपछि मात्र भोजन ग्रहण गर्ने चलन छ । तर कुनै पनि पूजा सुरु गर्नु अघि गणेशको पूजा अनिवार्य गर्ने धार्मिक विश्वास रहेको छ ।
सोमबारको उपवासले मनुष्यका इच्छा र आकांक्षा पूरा हुने, ज्ञान प्राप्त हुने र अविवाहित महिलाले असल पति प्राप्त गर्ने विश्वास छ । यसै कारण विशेषगरी युवतीहरूले सोमबारको व्रतलाई अत्यन्तै महत्वपूर्ण मानेर पालना गर्दै आएका छन् ।
नेपालका मठ–मन्दिरमा सोमबार विशेष भीड देखिने गरेको छ । भक्तजनहरू बिहानैदेखि शिवलिङ्गमा दुग्धाभिषेक, बेलपत्र चढाउने र मंत्रोच्चारणसहित पूजा आराधना गर्ने गर्दछन् ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution