

काठमाडौँ । हङकङ सिक्सेसमा नेपालले भारतमाथि शानदार जित हात पारेको छ । शनिबार भएको खेलमा नेपाल ९२ रनले विजयी भएको हो । प्रतियोगितामा नेपालको यो पहिलो जित हो । आजको भएको पहिलो खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो भने दाेस्रो खेलमा श्रीलङ्कासँग तीन विकेट पराजित भएको थियाे ।
१ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्यो । भारतका लागि भरत चिपली र प्रियांक पांचालले १२–१२ रन बनाए । नेपालका लागि रासिद खानले ३ विकेट तथा बसिर अहमदले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा बिना कुनै विकेटको क्षतिमा १ सय ३७ रन बनाएको थियो । टोलीका लागि रासिद खानले १७ बलमा ५५ रनको योगदान दिए । उनले ४ चौका र ६ छक्का प्रहार गरे । सन्दीप जोराले १२ बलमा ४ चौका र ५ छक्काको मद्दतले ४७ रनको शानदार इनिङ्स खेले । लोकेश बमले ७ बलमा ३१ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |







अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution