काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको २ दिन बितिसक्दा पनि उनी समातिएका छैनन् । पूर्व माओवादी नेता समेत रहेका उनको बचाउमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै लागेपछि रायमाझीलाई प्रहरीले तत्कालै पक्राउ गर्न नसकेको कतिपयको भनाई छ ।
यस बिचमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पटक पटक भेट गरिसकेको अवस्थामा पत्रकारहरुले सोधेको प्रश्नको घुमाउरो शैलीमा उत्तर दिँदै पत्रकारहरुलाई नै खोज्न चुनौती दिएका छन् । ओलीले शनिबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर सिनस्किने क्रममा पत्रकारहरुसँगको जम्काभेटमा उनी आफ्नो सम्र्पकमा नरहेको बताउँदै ‘तपाईहरु खोज्नुस् न ’ घुमाउरो शैलीमा ओलीले पत्रकारहरुलाई तपाईंहरुले खोज्नुस् न भन्दे पन्छिन खोजेका छन् ।
आज प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरुले रायमाझी कहाँ छन् भनेर ओलीसँग जिज्ञासा राख्दै पत्रकारले उनलाई उहाँ तपाईंको त सम्पर्कमा हुनुहुन्छ होला नि भन्ने प्रश्नमा उनले उत्तर दिँदै भने मेरो सम्पर्कमा हुनुहुन्न, तपाईहरु ‘खोज्नुस् न, मेरो सम्पर्कमा हुनुहुन्न ।
ओलीले बुधबार मात्रै उनलाई सरकारले फसाउन खोजेको समेत आरोप लगाएका थिए । यसैबिच शनिबार पनि प्रचण्डलाई भेटेर निस्किएपछि प्रतिक्रिया दिँदै उनले भने रायमाझी बाटोबाटै पक्राउ गर्नुपर्ने व्यक्ति होइन, यस विषयमा सरकारले षड्यन्त्र गरिरहेको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution