


काठमाण्डौ १५ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । सोमबार दिउँसो उनले जानकी मन्दिरमा पूजा पाठ गरेका हुन्। पूजा पाठ पश्चात जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले पूर्व राजा शाहलाई जानकी मन्दिरको चाँदीको प्रतीमा उपहार स्वरुप दिएका थिए ।
महन्थ दासले पूर्व राजा शाहलाई २०४७ पछिको संविधानलाई हटाउन आग्रह गरे । उनले देशमा राजतन्त्रसहितको हिन्दू राष्ट्रका लागि सम्पूर्ण साधुसन्त अगाडि बढ्न तयार रहेको बताए ।
दर्शन पश्चात सञ्चारकर्मीलाई छोटे प्रतिक्रिया दिँदै पूर्व राजा शाहले उनको आगमन धार्मिक मात्र रहेको बताए ।
पूर्व राजा शाहलाई हेर्न जनकपुरधामसहित विभिन्न जिल्लाका हजारौं जनता जानकी मन्दिर परिसरमा पुगेका थिए । सो क्रममा उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ को नारा लगाएका थिए ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution