


काठमाडौँ, ९ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयनपत्र प्रचलित कानुनअनुसार कायम रहन नसक्ने ठहर गर्दै खारेज गरेको हो।
चौधरीविरुद्ध बुधबार उजुरी दर्ता भएको थियो। निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्णयमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको मनोनयनपत्र प्रचलित कानुनबमोजिम कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको’ उल्लेख गरिएको छ।
यस निर्णयसँगै कैलाली–१ मा रेशम चौधरीको उम्मेदवारी औपचारिक रूपमा रद्द भएको निर्वाचन कार्यालयले जनाएको छ। रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज । रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution