


काठमाडौँ, १० माघ । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि जानकारी दिँदै उपसभापति विश्वप्रकाश शर्माले मतदातालाई कांग्रेसले प्रधानमन्त्रीका रूपमा कसलाई अघि सार्छ भन्ने विषय स्पष्ट होस् भन्ने उद्देश्यले गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरिएको बताउनुभयो।
उपसभापति शर्माका अनुसार गगन थापालाई पाँच वटा मापदण्डका आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरिएको हो। व्यक्तिको पृष्ठभूमि, राजनीतिक संस्कार, पार्टी तथा राष्ट्रिय योगदान, योग्यता र भिजनलाई आधार मानेर थापालाई उम्मेदवार बनाइएको उहाँले स्पष्ट पार्नुभयो।
सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा उपसभापति शर्माले नै पेस गर्नुभएको थियो, जसलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको हो। यसैबीच, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरिएको छ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution