काठमाण्डौ, ३ साउन । गायिका देविका बन्दनाले नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ सार्वजनिक भएको छ । सार्वजनकि भएको कम समयमै यो गीतले दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ ।
देविका बन्दनाको स्वरको यो गीतका शब्दहरु डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाले संयुक्त रुपमा रचना रहेको गीतमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ । राजन ईशान यो गीतका संगीत संयोजक हुन् ।
गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रबिण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पु¥याउन सक्ने यो म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य वौद्ध भिक्षुहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाली समाजमा विभिन्न तवरबाट योगदान गर्ने आठ जना महिलाहरू सिएनएन हिरो अनुराधा कोईराला, कलाकार बसुन्धरा भुषाल, साहित्यकार उ षा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता रोशनी केसी तथा गायिका सुनिता दुलाललाई सम्मान गरिएको थियो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution