काठमाण्डौ, ४ साउन ।
महानगरपालिकाले भद्रकुमारी घले सेवा सदन भत्काएपछि उच्च अदालत पाटनले भने सदन नभत्काउन अल्पकालीन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको एकल आदेशले सेवा सदनमा भएको अतिक्रमण समेत तत्काल रोक्न आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले बुधबार दिउँसा सार्वजनिक जग्गामा बनेको भन्दै सदनको भवनमा डोजर लगाएको थियो ।
भद्रकुमारी घले सेवा सदनको तर्फबाट भद्रकुमारी घलेले काठमाडौं महानगरविरुद्ध निषेधाज्ञा लगायतको उपयुक्त आदेश जारी गरी पाउँ भनी दिएको रिटमा भएको बहसपछि न्यायाधीश प्रधानको इजलासले उक्त आदेश दिएको हो । रिट निवदेकको तर्फबाट वरिष्ठ अधिवक्ता शरदप्रसाद कोइराला र अधिवक्तात्रय खडानन्द कडेल, प्रकाश थापा र केशव भट्टराईले बहस गरेका थिए ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution