काठमाडौं,१९ साउन । महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आजै डोजर चलाउने तयारी गरेको छ । तर त्यसअघि महानगरले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको छ।
हाल महानगरका पदाधिकारी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको बताए । एसपी राजु पाण्डेको नेतृत्वमा ३०० नगर प्रहरी राप्रपा कार्यालयतर्फ परिचालन भएका छन् भने डोजर तयारी अवस्थामा रहेको छ । आदेश आउनासाथ भत्काउने बताए ।
उक्त कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले शुक्रबार माइकिङ गर्दै कार्यालय खाली गराउन तीन दिनको समय दिएको थियो। तर अल्टिमेटम सकिँदा पनि भवन खाली नगराइएको हुँदा महानगरले डोजर लगाएरै भत्काउन लागेको हो ।
तर, राप्रपाको केन्द्रीय कार्यालय भत्काउने तयारी गरेपछि कार्यकर्ताहरू भेला भएका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ । नगर प्रहरी र राप्रपा कार्यकर्ताबीच मुठभेड हुनसक्ने सम्भावना पनि देखिन्छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution