काठमाण्डौ २३ साउन । संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ । दलहरु सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।
सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल दिउँसो साढे ३ बजे फेरि बस्ने गरी सकिएको हो ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदको अवरोध खुलाउने विषयमा छलफल सकारात्मक भएको छ । नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution