काठमाडौं,२६ साउन । काठमाडौं महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ । नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरित बनेका संरचनाहरु भत्काएको हो ।
‘पशुपति क्षेत्र विकास कोषको मातहतमा बन्ने संरचनामा अनिवार्य काठको झ्याल ढोका हुनुपर्ने थियो । तर यहाँ जस्तापाताका १२/१३ वटा संरचनाहरु निर्माण भएको छ, आज त्यो हटाइरहेका छौं,’ भट्टराईले भने ।
यस्तै नक्सा पास विना बनेका पुराना १२ वटा साना पक्कीघरहरु पनि महानगर प्रहरीले भत्काइरहेको भट्टराईले जानकारी दिए । केही समय अगाडि काठमाडौं महानगरपालिका-वडा नम्बर ८ ले पशुपति क्षेत्रको जग्गामा बनेको अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो । सूचनालाई अटेर गरेको भन्दै महानगरले अनधिकृत संरचना भत्काउन सुरु गरेको हो ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution