काठमाण्डौ, अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । हवाईको माउइ टापु लाहैनामा फैलिएको डढेलोमा उनीहरुले ज्यान गुमाएका हुन् । केही घाइते भएका छन् । त्यहाँ अरु केही मानिस हराइरहेका अनुमान छ । हजारौँ नागरिक विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । माउइ पर्यटकीय टापु मानिन्छ ।
मङ्गलवारदेखि शुरु भएको डढेलो निक्कै फैलिएको छ । हवाई राज्यलाई विपदग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रभावित क्षेत्र लाहैनामा २ सय ७० भन्दा बढी संरचना ध्वस्त भएका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाए।
माउइ टापुसहित हवाईको ठूलो भू–भागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । हवाई राज्यको इतिहासमा यो सबैभन्दा खराब प्राकृतिक प्रकोप मानिएको छ । क्षतिग्रस्त सहरमा क्षतिको विवरण लिन हिजो छोटो समयका लागि घर फर्कन प्रभावितलाई अनुमति दिइएको थियो । माउइ टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने हवाईका गभर्नर जोस ग्रीनले बताए।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution