


काठमाडौं २९ साउन । : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको बताए।
उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे। ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ उनले भने।
कैयौं भन्सारमा चेकजाँच नै नहुने उनले बताए। त्यसकारण कम राजश्व उठेको उनले बताए। ‘अरू नाकाहरू चेक नै भएको छैन। राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ उनले भने।
यी सबै कुरामा सरकारको संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको तर, सरकार पहिल्यै डराएको उनले बताए। ‘संलग्नता छैन भने छानबिन पुष्टि गर्छ। सरकार पहिल्यै किन तर्सेको?,’ उनले भने।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution