काठमाण्डौ ६ भाद्र । बलिउड अभिनेता अक्षय कुमार कसैलाई सहयोग गर्ने कुरामा सधैँ अग्रसर हुन्छन् । यद्यपि, लामो समयदेखि उनका फिल्महरू लगातार फ्लप भइरहेका छन् । हालै रिलिज भएको फिल्म ओएमजी २ ले पनि सन्नी देओलको फिल्म गदर २ सँग कडा प्रतिस्पर्धा गर्नु परिरहेको छ ।
गदर २ का कारण अक्षयको फिल्मले कम स्क्रिन पाइरहेको छ । जसका कारण १० दिनपछि पनि फिल्मको कमाई ११० करोड मात्रै हुन सकेको छ । यस्तै गदर २ को विश्वव्यापी कमाई ५०० करोड सम्म पुग्ने भएको छ ।
यसैबीच भारतीय समाचार माध्यममा सन्नी देओलको ऋण तिर्न अक्षय कुमारले मद्दत गर्न लागेको खबर प्रकाशित भएका थिए । उक्त रिपोर्टमा अक्षय कुमारले सन्नीलाई ३० करोड भारु रकम सहयोग गर्न लागेको बताइएको थियो । यद्यपि, अब अक्षय कुमारका प्रवक्ताले यस खबरबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।
सन्नीलाई अक्षयलाई सहयोग गर्न लागेका होइनन्
ऋण तिर्नका लागि सन्नीलाई अक्षय कुमारले पैसा दिन लागेको खबर झुटो भएको अर्को खबर प्रकाशित भएको छ । अक्षय कुमारका प्रवक्ताले यसलाई अफवाहको संज्ञा दिँदै झुटो बताएका छन् ।
स्मरण रहोस्, सन्नीमाथि बैंकको लगभग ५५ करोड ऋण छ भनेर खबर आएको थियो । यो तिर्नका लागि उनको जुहुस्थित बंगला लिलामी हुने पनि बताइएको थियो । यद्यपि, बंगला लिलामी गर्ने नोटिसलाई बैंकले प्राविधिक समस्याका कारण फिर्ता लिएको बताएको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution