काठमाडौँ, ६ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा बिजुली व्यापार सम्झौता हुने खुलाएका छन् । भरतपुरमा मंगलबार २२० केभी क्षमताको प्रसारणलाइन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनसँग बिजुली व्यापार सम्झौता हुने बताएका हुन् ।
‘एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत् व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौं,’ उनले भने, ‘नेपालको विद्युत् बंगलादेशसम्म पुर्याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ ।’
यस्तै, अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जान लागेको र प्रसारण लाइन र विद्युत् व्यापारको सम्झौता हुने प्रधानमन्त्रीले बताए ।
चीनतर्फ पनि बिजुली निर्यातको बाटो खुलेपछि देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीले जलविद्युत तथा प्रसारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौजुदा कानुनको संशोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताए । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययनको काम समेत थालिएको उनको भनाई छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् खपत बढाउन सरकार लागिपरेको बताएका छन् । यस्तै, उनले आपूर्तिलाई गुणात्मक रुपमा सुधारका लागि प्रसारण तथा वितरण प्रणाली सुधार र अतिरिक्त भएको विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण भइरहेको बताए । उनले यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाइएको उल्लेख गरे ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution