काठमाडौं, १२ भाद्र । : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारको फाईलहरु कुर्सी टिकाउनको लागि मात्र नखोलेको भन्दै भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद असीम शाहले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कुर्सी टिकाउनलाई मात्र नभएर जनतामा छाएको राजनीति प्रणालीमाथिको वितृष्णा चिर्न भ्रष्टाचारको फाइल खोलेको दाबी गरेका हुन् ।
उनले भने, ‘प्रश्नमा भनिए जस्तो सरकारका यी कामहरू कुनै कुर्सी टिकाउनको लागि होइन। बरु देश र जनतामा राजनीति प्रणालीमाथि वितृष्णा छाएको केही हुन्न सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आइरहेको कुरा स्थापित गर्न गरिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले सबै भ्रष्टाचारको काण्डमा राज्यले दबाबरहित तरिकाले काम गरेकै कारणले अहिले जनतामा सुशासन सम्भव छ भन्ने नयाँ आशा पलाएको दाबी गरे। उनले सरकारले कसैलाई बचाउने कसैलाई फसाउने नियतले काम नगरेको दाबी गरे ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution