काठमाडौं, २२ भाद्र । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० आज मनाइँदै छ । तर संघका कर्मचारीहरुलाई जस्तै समान व्यवहार नगरिएको भन्दै स्थानीय तहका कर्मचारीहरुले भने निजामती सेवा दिवस बहिस्कार गरेका छन् । त्यसको जानकारी उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेरै दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई निजामती सेवा दिवस मनाउन सर्कुलर गरेको थियो । तर प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवा सुविधा तथा वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै स्थानीय तहका कर्मचारीहरुले दिवस बहिस्कार गरेका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो ।
विभेदयुक्त व्यवस्था सहितको विधेयक संशाेधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाएर बहिस्कार गर्ने घोषणा गरेका छन् । उनीहरुले विरोधस्वरुप कालोपट्टी बाँधेर काममा खटिने निर्णय गरेका छन् ।
हरेक वर्ष भदौ २२ गते मनाइने यो दिवसमा प्रभातफेरी, कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम गरिन्छ । दिवसको अवसरमा आज पनि सिंहदरबारमा औपचारिक समारोह आयोजना गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको संयोजक मुख्य सचिव हुन्छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution