


काठमाण्डौ, २३ भाद्र । सखी प्रतिष्ठानले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा तीजको अवसरमा आयोजना गरेको “सखी मिलन कार्यक्रम” सम्पन्न भएको छ । प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा आयोजित सो कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त मा. कमला ओली, ।

साहित्यिक पत्रकार संघका अध्यक्ष एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार राधेश्याम लेकाली, विश्व हिन्दू महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारी, समाजसेवीहरु अस्मिता सुमार्गी, सिर्जना भेटवाललगायतले कार्यक्रममा आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रतिष्ठानकि उपाध्यक्ष कमला रिसालले संचालन गर्नु भएको सो कार्यक्रममा गायक प्रकाश खड्का र गायिका रितु कंडेलले विभिन्न गीतहरु गाउनु भएको थियो भने सामुहिक नृत्यमा सबैले सहभागीता जनाउनु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरु पद्यमावती सिंह, शीला पन्त, किशोर पहाडी, सुशीला देउजा, माया पौडेल, भगवती बस्नेत, मुरारि सिग्देल, निर्मलरमण पराजुली, डा. शशी थापा, राजेन्द्र के. सी., रत्नलक्ष्मी श्रेष्ठ तथा समाजसेवी माला खरेललगायत ७० जनाको उपस्थिति रहेको थियो ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution