काठमाडौंँ, २४ भाद्र । फिल्म ‘एक भगवत् गीता’ ले सेन्सर सिफारिस पाउने भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई आज सेन्सर सिफारिस दिने बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । ‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ र छैनौ पनि ।
बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त्याएका कारण सकभर मिलाएर लैजान केही समय अलमल भएको हो’, प्रवक्ता अधिकारीले भने– ‘दुबै पक्षको सहमतिबाट आज सेन्सर सिफरिस हुन्छ । सेन्सर सिफारिस हामीले रोक्न पनि मिल्दैन ।’
सेन्सर सिफरिसका लागि नामको अगाडि एक र बीचमा ड्यास समेत राखेर निर्माण युनिटले नाम सच्याएको बुढाथोकीको भनाइ छ । निर्माण टिमले फिल्मको नामको अगाडि एक र बीचमा ड्यास् राख्ने बताएपछि धार्मिक संघ संस्थाहरु फिल्म रिलिज गर्न दिने सहमतिमा जुटेको बताइन्छ ।
केही दिन अगाडि बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘भगवत गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग गर्दै बोर्डमा निवेदन दिएका थियो । धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस रोकेको थियो ।
आज आइतबार बोर्ड, निर्माण पक्ष र धार्मिक संघ–संस्थाले बोर्डमा नै संयुक्त पत्रकार सम्मेलन समेत गर्ने तयारी गरेका छन् । सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।
फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको मुख्य भूमिका रहेको छ । फिल्म २९ भदौ अर्थात अगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution