


रौतहट, २ आश्विन । । रौतहटको बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।
बौधिमाई नगर शिक्षा समितिको आज बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार नियमित रूपमा विद्यालय कक्षा सञ्चालन गराउन निर्णय गरेको छ। नगर क्षेत्र भित्रको सम्पूर्ण विद्यालयमा पठनपाठनमा बाधा अवरोध नगर्न समेत नगर शिक्षा समितिको बैठकले निर्णय गरेको छ।
पठनपाठन सम्बन्धी अनुचित कार्य भए गरेमा नियमानुसार कारबाही गर्ने मेयर प्रदीप कुमार यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। उता नेपाल शिक्षक संघ रौतहटसहित नौ घटकले सोमवार एक विज्ञप्ति निकालेर भोलि ३ गते सम्पूर्ण विद्यालयमा शैक्षिक हडताल गरी शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन आव्हान गरेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution