


काठमाडौँ , ५ आश्विन । चौथो प्रियसी धमाका २०२३’ दुबईमा आयोजना हुने, दर्जनौँ कलाकर्मीको बब्बाल प्रस्तुति रहने । नेपाली कला संस्कृतिको संरक्षण गर्दै विश्व बजारमा पुर्याउने उद्देश्यले ‘चौथो प्रियसी धमाका २०२३’ दुबईमा आयोजना हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजना रहेको कार्यक्रम बर दुबईस्थित याक एन्ड यति एभरेस्टमा यही असोज १४ गते (अक्टोवर १)मा आयोजना हुनेछ । कार्यक्रममा नेपालमा दर्जन बढी कलाकर्मीको प्रस्तुति रहनेछ ।
कार्यक्रममा नेपालबाट गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा,हाँस्यकलाकार तथा मोडेल सागर लम्साल ‘बले’बाल कलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिकथाली नृत्याङ्गना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम,गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतको सहभागिता रहने भने प्रवासबाट पनि गायक बाबुराम परियार, कमल परियार, प्रकाश पुरी, नीर तामाङ लगायतको सहभागिता हुनेछन् ।
प्रियसी म्युजिक प्रालिले यसअघि थाइल्यान्ड, सिंगापुर र मलेशियामा यो कार्यक्रम सम्पन्न गरिसकेको छ । दुबई कार्यक्रम प्रियसी म्युजिकलाई आयोजनामा पूर्णिमा घिसिंगले सघाएकी छन् । दुबई कार्यक्रमको तयारी सकिएको प्रियसी म्युजिक प्रालि सञ्चालक तथा गीतकार राजेन्द्र पुरीले बताए । कार्यक्रममा नेपाल चिनाउने र नेपाली कला संस्कृति झल्कने प्रस्तुति रहने उनको भनाई रहेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution