काठमाडौँ, १० आश्विन । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको दक्षिण पश्चिममा अवस्थित छोङछिङ सहरमा रहेको कृषि विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् । नेपाल र चीनबीच कृषि तथा प्रविधिको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौताको दस्ताबेजमा सोमबार हस्ताक्षर भएपछि मंगलबार प्रधानमन्त्रीले प्रतिष्ठानको अध्ययन भ्रमण गरेका हुन् ।
चीनमा कृषि प्रविधिको विकासका लागि मुख्य जिम्मेवारी वहन गरिरहेको कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमणका क्रममा प्रतिष्ठान पुग्दा प्रधानमन्त्री प्रचण्डलाई प्रतिष्ठानका अध्यक्ष गौ स्याउ होङले स्वागत गरे । प्रधानमन्त्री प्रचण्डलाई प्रतिष्ठानका अधिकारीहरुले प्रतिष्ठानले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।
प्रतिष्ठानले १५ वटा इन्स्टिच्युटहरु मार्फत अहिले २ हजार ८ सय वटा अनुसन्धान परियोजना सञ्चालन गरिरहेको छ । प्रतिष्ठानले विशेष गरी आधारभूत कृषि विज्ञान, व्यावहारिक प्रविधि, कृषि स्रोत र वातावरण संरक्षण, एवं कृषि उपकरण र इन्जिनियरिङको विषयमा केन्द्रित गरेर अनुसन्धान गर्दै आएको छ ।
प्रतिष्ठानले कृषि प्रविधिको तालिम पनि सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानमा मातहतमा प्रान्तस्तरका अनुसन्धान एवं प्रयोगात्मक स्थलहरु रहेको र प्रतिष्ठानले बाली परीक्षणका ६ सय ६७ हेक्टर जग्गा प्रयोग गरिरहेको जानकारी प्रतिष्ठाले दिएको छ ।
दुई पटकसम्म राष्ट्रिय विज्ञान प्रविधि प्रगति पुरस्कार र प्रान्त तहमा थुप्रै पुरस्कार प्राप्त गरेको प्रतिष्ठानले धान, मकै, खुर्सानी, फलफूल, माछा, च्याउ, भान्टा लगायत ४ सय ५६ किसिमका अन्न एवं तरकारका नयाँ प्रजातिको विकास गरेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution