काठमाडौँ, १० आश्विन । । डाक्टर कुटपिटको विषयमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका डा.दीपक कोइरालाले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।
मङ्गलवार एक विज्ञप्ति जारी गर्दै उनले जबसम्म कडा कानुन बन्दैन तबसम्म पार्टीको काममा नफर्किने घोषणा गरेका हुन् । डा.कोइरालाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकले पिटाइ खानुपरेको, प्रहरी प्रशासनले उल्टै गुण्डागर्दीमा उत्रिएकालाई जोगाउन खोजेको आरोप लगाएका छन् ।
सोमबार बिना आरोप नेपाल प्रगतिशील चिकित्सक सङ्घ गण्डकीका अध्यक्षलाई एक दिन हिरासतमा राख्नु लज्जास्पद भएको समेत उनको भनाइ छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution