काठमान्डौ, ११ आश्विन । बिकास लगाएत हरेक कार्यकार्यक्रम पारदर्सीता हुन पर्ने नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उपभोक्ता समितीमा बस्ने मानीस कुनै पनी लोभमा फस्न नहुने बताउँदै उपभोक्ता समितीका पदाधिकारीहरु पुरै सामाजीक कार्यमा लाग्ने ब्यक्ती हुन जरुरी रहेको समेत उँहाले स्पष्ट पार्नु भयो ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले उपभोक्ताहरुलाइ कसरी काम गर्ने कसरी पारदर्सीता हुने भन्ने बारेमा नगरपालिकाको सबै वडाहरुमा प्रशिक्षण कार्यक्रम राखीएको र सोही कार्यक्रमको शुरुवात गर्ने क्रममा उँहाले यस्तो बताउँनु भएको हो ।
मेलम्ची नगरपालिका अन्तर्गत १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारी लक्षित अनुशिक्षण कार्यक्रम वडा नं. १ र २ बाट शुरु गरीएको र उक्त कार्यक्रम नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रसम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षता भएको थियो ।
उक्त अनुशिक्षण कार्यक्रमलाई पालिकाका योजना अधिकृत, लेखा अधिकृत र इन्जिनियरहरुले प्रशिक्षण दिइरहनु भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेट उपभोक्ता मार्फत गुणस्तरीय र पारदर्शिताका साथ कार्यन्वयन गर्नका लागी सो प्रशिक्षण कार्यक्रम राखिएको नगर सचिवालयका मनकाजी पाख्रीन तामाङले जानकारी गराउँनु भयो ।
नगरपालिका द्वारा आयोजित उक्त कार्यक्रम पालिकाको १३ वटै वडामा असोज १५ सम्म संचालन हुने भएको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution