काठमाण्डौ, १३ असोज । आपराधिक विश्वासघातको आरोपमा शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको बताइएको छ ।
चलचित्र ‘रावायण’को निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले दिएको उजुरीको आधारमा केसी पक्राउ परेका हुन् । छलफलको लागि पटक पटक प्रहरीले बोलाउँदा नगएपछि अदालतबाट अनुमति लिएर उपत्यका प्रहरी अपराध महाशाखाले केसीलाई पक्राउ गरेको हो ।
कटुवालले असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । केसीमाथि प्रि प्रोडक्सनमा एक करोड १५ लाख खर्च भइसकेपछि अनमोलले काम गर्न अस्वीकार गरी विश्वासघात गरेको आरोप लगाइएको छ । ‘रावायण’मा काम गर्ने वचन दिएर अन्तिम समयमा धोका दिएको भन्दै उजुरी दिइएको थियो ।
सो चलचित्रमा काम गर्नको लागि अनमोलले अग्रिम पारिश्रमिकस्वरुप १० लाख रुपैयाँ लिएको बताइएको छ । यद्यपि अनमोलले ‘रावायण’मा काम गर्न औपचारिक सम्झौता नगरेको बताएका थिए । केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution