काठमाडौं, १५ असोज ।। : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा करिब १ दर्जन द्विपक्षीय सहमति तथा सम्झौताहरूमा हस्ताक्षर भएको छ । बेइजिङको ग्रेट हल अफ दि पिपलमा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा दुई देशबिच सम्झौताहरू भएको हो ।
यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए । उनीहरूबिच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको थियो । सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
यस्ता छन् सम्झौता र सहमतिहरू :
–राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर – चीन र नेपाल सरकारबिच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण – डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबिच एमओयूमा हस्ताक्षर –नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबिच हरित र न्यून–कार्बोन विकाससम्बन्धी एमओयू,
–सिजाली विद्यालय परियोजनाबारे सम्झौता –कृषि, पशुपालन र मत्स्यपालनमा सहयकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–सन् १९८१ नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर –नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबिच एमओयूमा हस्ताक्षर
–चीनको नेसनल एडमिनिस्ट्रसन एन्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच एमओयूमा हस्ताक्षर –विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर –मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान –हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
हिरासत छलेर अस्पताल भर्ना भएका सिरोहिया जमानतमा छुटे, ९ दिनमा कहिले अस्पताल त कहिले हेलिकप्टर
काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन् । अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो । सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ ।
सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरि नौ दिन थुनामा राखेको थियो । तर ९ दिनसम्म हिरासतमा भनिएका अध्यक्ष सिरोहियाको अधिकांस दिन कहिले अस्पताल त कहिले हेलिकप्टरमा बितेको छ । हिरासत छल्नमा सिरोहियाले अस्पताललाई शस्त्र बनाएका टिप्पणी सुरु भएको छ ।
नागरिकता विवादमा छानबिनका लागि उनलाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
भारत लैजाने लागेको तीन क्वीन्टल गाँजासहित दुईजना पक्राउ
विराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो । सुनसरीको कोशी गाउँपालिका–६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपालिका–५ का महोमद सागर मियाँ छन् ।
को २ त ६८९० नम्बरको ट्याक्टरमा राखेर गाँजा भारततिर लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए । ८ वटा बोरा र ससाना पोकाहरुमा राखेर गाँजा ट्याक्टरमा लोड गरिएको पाइएको थियो । उक्त गाँजा पहाडी जिल्लाबाट सुनसरी ल्याएर भारत तस्करी गर्न लागिएको पाइएको प्रहरीको भनाइ छ ।
४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरबाट प्रहरीले ४७ किलो चाँदीसहति ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका–१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका–३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका–५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् ।
भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल–बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका–२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution