काठमाण्डौ, १९ असोज । म्याद गुज्रिएका सामाग्री बिक्री गर्नेलाई कारबाही गर्न, नगर प्रमुख आइतमान तामाङको निर्देशन । गुणस्तहिन सामान र उपभोग्य मिति सकिएका खाद्य बस्तुको संकलन नै गरि मेलम्ची क्षेत्रमा बिक्री वितरण गर्दैै आएको पाईएपछि नगर प्रमुख आइतमान तामाङले कारवाही गरन निर्देशन दिएका हुन् ।
नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले मेलम्ची बजारको अनुगमन गर्दा, म्याद गुज्रिएका सामाग्री बिक्री गरेको पाईएपछि बिक्रि गर्नेलाई कारबाही गर्न, नगर प्रमुख आइतमान तामाङले निर्देशन दिए । केही उद्योगी व्यवसायीहरुले गुणस्तहिन सामान र उपभोग्य मिति सकिएका खाद्य बस्तुको ।
संकलन नै गरि मेलम्ची क्षेत्रमा बिक्री वितरण गर्दैै आएको भेटिएको छ । उपभोःक्ताहरुले मेलम्ची नगरपालिकामा दिइको सूचना अनुसार मेयर आइतमान तामाङ सहितको टोलीले अनुगमन गर्दा अत्याधिकमात्रामा गुणस्तहिन र उपभोग्य मिति सकिएको बस्तुको बिक्री वितरण गरेको भेटिएपछि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताइएको छ ।
दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्रीको बिक्री गर्ने, अस्वभाविक मूल्यबृद्धि गरि उपभोक्तामाथी लुट गर्ने छुट व्यापारीलाई नभएको भन्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाउदै अबैध कार्य गर्नेमाथी कारबाही गर्न निर्देशन समेत दिएको मेयर तामाङले बताएका छन् ।
नगरको विभिन्न वडामा अनुगमन गरिरहेको नगरपालिकाले बुधवार मेलम्ची बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सुरक्षा निकायका प्रमुख, वडाअध्यक्षहरू अमृत खनाल र चन्द्रबहादुर तामाङ, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागीता थियो ।
अनुगमनको क्रममा भेटिएका गुणस्तरहिन सामान नष्ट गरिएको थियो । मेलम्चीमा बजार अनुगमन गुणस्तरहिन सामाग्री नष्ट गरेको बताइएको छ । दसैं तिहार जस्ता चाडबाड नजिकिएसँगै बजारमा म्याद गुज्रिएका सामाग्री हुनसक्ने, अस्वभाविक मूल्यवृदि हुनसक्ने जस्ता सम्भावना मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजार अनुगमनलाइ तीब्र बनाएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution