काठमाण्डौ २० असोज ।। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
प्रदेशको नाम कोशी राखेकोमा प्रदेशसभालाई धन्यवाद दिनुपर्ने भन्दै उनले विदेशीले खर्च पेलेको भरमा २–४ जना कराएर वा चार जनाले ढुंगा हानेर केही फरक नपर्ने बताए । कोशी प्रदेशको गौरवलाई एकताबद्ध ढंगले अगाडि बढाउन आग्रह गर्दै अध्यक्ष ओलीले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
‘हाम्रो देशको विकास रोक्नका लागि कुनै षड्यन्त्र भइरहेको छ, त्यसलाई परास्त गर्नुपर्छ’ उनले भने । गठबन्धन सरकारको विरोध गर्दै अध्यक्ष ओलीले एमालेबाहेक देशमा कसैले केही नगरेको दाबी पनि गरे । कोशीको आन्दोलनमा ओलीको टिप्पणीः ‘विदेशीकाे पैसामा २-४ जना कराए, ढुंगा हाने’
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution