नेवारी म्युजिक भिडियो सार्वजनिक । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ”जि खोपय् च्वम्हँ हिरो” को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्गी र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार फिल्ममा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देख्न सकिन्छ । निर्देशक राजेश मान सिंहले जानकारी दिए अनुसार नेपाल भाषामा तयार भएको म्युजिक भिडियोलाई ।
उत्कृष्ट अनि राम्रो भिडियो बनाउनको निमित्त हर सम्भव मेहनत गरेको बताउनुभयो । म्युजिक भिडियो हेर्ने सबैले नयाँ तथा फरक अनुभव गर्न सकोस् भनेर बिहानदेखि बेलुकीसम्म मेहनत गरेर पाँच दिनसम्म सुटिङ गरिएको पनि जानकारी दिनुभयो ।
गायक सुर्य कमल राई र दिलु श्रेष्ठको स्वरमा सजिएको नेवारी गीतमा संगीतकार तथा गायक सुर्यकमल राईको मिठो संगीत रहेको छ । अरु म्युजिक भिडियोभन्दा फरक शैलीमा नायक/नायिकालाई मात्र समावेश नगरी छुट्टै कथा समेटिएर चलचित्रमा झैं एक तर्फ नायक/नायिका दोस्रो तर्फ खलनायकको पनि भूमिका रहेको हुनाले ।
भिडियो हेर्दा गीत/संगीतको साथै फिल्ममा जस्तो कथावस्तु समेटेर नायक नायिकाको मायाप्रीत अनि हिरोसँग खलनायकसँगको फाइट सिन पनि रहेकोे कारण दर्शक र स्रोताहरू सबैले म्युजिक भिडियो हेर्दा फिल्म हेरेको जस्तो अनुभव मिल्नेछ ।
नेवारी बुझ्ने नबुझ्ने सबैले म्युजिक भिडियो हेरेपछि नेपाल भाषा नै किन नहोस् नेवारी गीतको छुट्टै आनन्द लिन सकिने छ । गीतमा फाइट निर्देशन सुरज श्रेष्ठ (एक्सन फाइट), सहायक फाइट सहनिर्देशनभने बाबु तामाङ/दोर्जे लामा/जीवन कार्कीद्वारा गरिएको छ ।
छायांकन र सम्पादन सोहन मानन्धर स्टिल रहेको अनि फोटो ग्राफी विक्रम खड्गी रहेको छ । गीतको निमित्त सल्लाह सुझाव राजु श्रेष्ठको भूमिका उच्च स्थानमा रहेको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नेवारी म्युजिक भिडियो सार्वजनिक : हेर्नुहोस भिडियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution